अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता


२ फाल्गुन २०७८, सोमबार
Capture 11

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोनवार्ता भएको छ । युक्रेनमा पछिल्लो समयमा देखिएको सुरक्षा अवस्थाबारे उनीहरूबीच आइतबार फोनवार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस विषयमा कुराकानी गर्न अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई फोन गरेका ह्वाइटहाउसले जनाएको छ । रुसका कारण यतिवेला युक्रेनमा सुरक्षा खतराको अवस्था देखिएको बाइडेनले बताएका छन् । अमेरिकाले रुसले जुनसुकै वेला पनि युक्रेनमाथि हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने बताउँदै आएको छ ।

यही कारण दर्शाएर एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन् । समाचार स्रोतहरूले अमेरिकाले किभबाट आउँदो ४८ घन्टामा आफ्ना सबै कर्मचारीलाई फिर्ता लैजाने तयारी गरिरहेको जनाएका छन्। तर, सो समाचारको स्वतन्त्र रूपमा पुष्टि हुन भने सकेको छैन ।

यसअघिदेखि नै अमेरिका, बेलायतलगायतका कतिपय पश्चिमा देशले पनि युक्रेनबाट आफ्ना कर्मचारी फिर्ता लगेका छन् । उता युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने रुसी हमलाको योजनाबारे आफूले कुनै प्रमाण नदेखेको बताएको समाचारमा उल्लेख छ । रासस/सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७