छोरीलाई करणी गरी भागेका दुलाल १५ वर्षपछि पक्राउ


३ फाल्गुन २०७८, मंगलवार
thumb 7

सिन्धुपाल्चोक । छोरीलाई जबरजस्ती करणी गरी १५ वर्षदेखि फरार चौतारा साँगाचोकगढी- १३ ठुलोसिरुवारीका ४३ वर्षीय विनोद दुलाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार अभियुक्त दुलाललाई विशेष सूचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले १५ वर्षपछि सोमबार दुलाललाई समातेको हो ।

२०६३ वैशाख १९ मा दुलालले नाबलिका छोरीलाई सल्लाघारी जंगलमा जबरजस्ती करणी गरेका थिए तर आवश्यक कानुनी प्रक्रिया सुरु हुनुअघिदेखि यी आरोपित फरार थिए । मंगलबार चौतारा साँगाचोकगढी नगर साँगाचोक बजारमा लुकिछिपी बसेको सूचनाका आधारमा सुरक्षाकर्मीले फेला पारेको बस्नेतले जानकारी दिए ।

‘जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको सोमबारको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय चौतारामा चलान गरिएको छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७