गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई विप्लव कार्यकर्ताले दले मोसो


९ फाल्गुन २०७८, सोमबार
kalomoso 20220221085155

प्यूठान । प्यूठानको मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अम्मरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले मोसो दलेका छन् ।

वडा नम्वर- ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठनसम्बन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी युवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए ।

‘हामी विद्यालयमा छलफल गरिरहेका थियौँ, ’थापाले भने, ‘एक्कासी युवाहरु आएर मोसो दली अभद्र व्यवहार गरेर भागे ।’ थापाका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्लसहितको युवाको समूहले अभद्र व्यवहार गरेका हुन् । घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७