अस्ट्रेलियामा करौंतीले खुट्टा काटेर एक वृद्धको विभत्स हत्या


१० फाल्गुन २०७८, मंगलवार
3 old mans leg amputated1645462399

काठमाडौं । उत्तर-पूर्वी अस्ट्रेलियामा करौंतीले रेटेर एकजना वृद्धको खुट्टा काटी हत्या गरेको अभियोगमा एकजना पुरुषलाई गिरफ्तार गरिएको छ । प्रहरीकाअनुसार ६६ वर्षीय एक वृद्धलाई बटुवाहरूले सुदूर उत्तरी क्विन्सल्यान्डको इन्निसफिल पार्कमा मृत अवस्थामा फेला पारेका थिए ।

अनुसन्धानको क्रममा एक ३६ वर्षीय युवकले आपसी मनमुटावको कारण ती वृद्धको क्रुरतापुर्वक हत्या गरेको खुल्न आएको छ । साथै मृतक र हत्याराबीच पहिले देखिनै चिनजान रहेको पनि बताइएको छ । प्रहरीले नाम नखुलाइएका ती दुवै व्यक्ति कारमा बसेर पार्कमा आएको २० मिनेटपछि वृद्धको खुट्टा स्वचालित करौँतीले काटिएको बताएको छ । त्यसपछि हत्याराले वृद्धलाई पुनः कारमै राखेर आफू त्यहाँबाट पैदलै भागेका थिए ।

एकजनाले घटनाको सूचना दिँदै तत्कालै आपतकालीन स्वास्थ सेवालाई बोलाएपनि उपचार हुन नपाउँदै वृद्धको मृत्यु भएको थियो । गुप्तचर प्रहरी अधिकारी ग्यारी हन्टरले आफ्नो ३४ वर्ष लामो प्रहरी सेवामा यस्तो विभत्स हत्या पहिलोचोटि देखेको बताएका छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७