जसपाद्वारा प्रदेश-१ को नाम ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ प्रदेश’ प्रस्ताव


१० फाल्गुन २०७८, मंगलवार
pradesh 12021 01 21 09 24 43

मोरङ । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश-१ को नाम ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।

पछिल्लो समय प्रदेश-१ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो ।
जसपा प्रदेश-१ का अध्यक्ष प्रवीण चाम्लिङले मंगलबार विज्ञप्ति जारी गरी प्रदेश नामकरण सम्बन्धमा २०७७ साल असोज २३-२४ गते नै निणर्य गरिएको स्मरण गराउँदै प्रदेश-१ को नामकरण पहिचानका आधारमा नै हुनुपर्दछ भन्नेमा जसपा स्पष्ट र प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नं १ लाई ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ प्रदेश’ नामकरण गर्नु पर्दछ ।’

पूर्ण सङ्घीय नेपाल निर्माणका लागि जसपाले निरन्तर सडक र सदनबाट दबाब दिने कार्य गरेको र आफ्नो सरकार रहेको मधेस प्रदेशमा कार्यान्वयनसमेत गरेर देखाएको विज्ञप्तिमा जनाइएको छ । हाल प्रदेशको नामकरणबारे भइरहेको बहस र छलफलले राजनीतिक सरगर्मी ल्याएको भन्दै जसपाले पछिल्लो राजनीतिक घटनाक्रमहरुलाई स्वागतयोग्य भन्दै गम्भीरताका साथ लिएको उल्लेख छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७