बलात्कार आरोपमा उजुरी परेपछि अभिनेता पल शाह फरार


१२ फाल्गुन २०७८, बिहीबार
pal saha

काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी पर्ना साथ अभिनेता पल शाह फरार भएका छन् ।

जाहेरी दर्ता भए लगत्तै पक्राउ गर्न खोजेको तर उनी मोबाइल अफ गरेर फरार भएको प्रहरीले जानकारी दिएको छ । हिजो बुधबार दिउँसोसम्म भने उनी औपचारिक कार्यक्रममा सहभागी भएका थिए । रिलिजको तयारीमा रहेको फ्लिम म यस्तो गीत गाउँछु-२ को प्रोमोसनमा उनी सहभागी भएको स्रोतले जानकारी दिएको छ ।

तर बुधबार अपराह्न जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भए लगत्तै उनी मोबइल बन्द गरेर गायब भएका हुन् । उनलाई पक्राउ गर्न तनहुँ प्रहरीले हुलियासहित देशभर सर्कुलर गरेको छ । उनीविरुद्ध गायिका समीक्षा अधिकारीले जाहेरी दिएकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७