सांग्रिला बैंकको ११०औं शाखा बर्दियाको जयनगरमा


१३ फाल्गुन २०७८, शुक्रबार

काठमाडौं, १३ फागुन । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो ११० औं शाखा बर्दिया नगरपालिका वडा नं.६ जयनगर(मगरागढी) मा संचालनमा ल्याएको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने उद्देश्यले जयनगरमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ । शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु (कबिर) र बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाईद्वारा गरिएको हो । बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ । साथै, बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य स्थानहरुमा थप शाखा कार्यालय विस्तार गर्ने योजनासमेत बनाएको जनाएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७