रुस-युुक्रेन तनाव : अमेरिकाले लगायो रुसलाई हवाइ प्रतिबन्ध

‘पुटिनले किभलाई ट्याङ्कले घेरेर बस्न सक्छन्, तर युक्रेनी जनताको मन कहिल्यै जित्ने छैनन्’


१८ फाल्गुन २०७८, बुधबार
joe biden 20201108015134

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले संसदलाई सम्बोधन गर्दै सबै रुसी उडानहरूले अब अमेरिकी हवाई क्षेत्र प्रयोग गर्न नपाउने बताएका छन् ।

आफ्नो सम्बोधनका क्रममा उनले यी रुसी उडानहरूमा सबै प्रकारका व्यावसायिक र निजी उडानहरू समावेश गरिएको बताए । युरोपेली राष्ट्रहरू र क्यानडाले पनि रुसका उडानमा प्रतिबन्ध लगाइसकेका छन् । बाइडेनले प्रतिबन्धले रुसलाई अझ एक्लो बनाउने र अर्थतन्त्रमा ठूलो दबाब पर्ने बताए ।

उनले रुसी मुद्रा रुबल र स्टक बजारले आफ्नो भ्याल्यु ३०-४० प्रतिशत गुमाइसकेको पनि औंल्याए । राष्ट्रपति बाडेनले अमेरिकीहरूलाई युक्रेनी जनताबाट प्रेरणा लिन पनि आग्रह गरे । ‘पुटिनले पक्कै पनि किभलाई ट्याङ्कले घेरेर बस्न सक्छन्, तर उनले युक्रेनी जनताको मन कहिल्यै जित्ने छैनन्,’ उनले भने । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७