काठमाडौं महानगरले दियो सूर्यविनायक नगरपालिकालाई भेन्टिलेटर


१९ फाल्गुन २०७८, बिहीबार
फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले भक्तपुरको सूर्यविनायक नगरपालिकालाई एउटा भेन्टिलेटर सहयोग गरेको छ । त्यसैगरी काठमाडौं महानगरले काठमाडौं महानगर ६ मा सञ्चालित स्तुपा सामुदायिक अस्पताललाई पनि दुई वटा भेन्टिलेटर सहयोग गरेको छ।

सूर्यविनायक नगरपालिकाले आवश्यकताका आधारमा उक्त भेन्टिलेटर उपयोग गर्नेछ । कामपासँग भगिनी सम्बन्ध स्थापना भएको तिब्बतको ल्हासा नगरले पाँच थान भेन्टिलेटर उपलब्ध गराएको थियो । तीमध्ये तीनवटा भेन्टिलेटर अस्पताललाई हस्तान्तरण गरिएको महानगरपालिकाले जनाएको छ ।

भेन्टिलेटर उपलब्ध गराएपछि प्रतिक्रिया दिँदै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका सबै नगरसँग नगर-नगर साझेदारी कार्यक्रम सञ्चालन गरिएको बताए । पाँच प्रदेशका पाँच नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेर पार्क तथा हरियाली बढाउने योजनाका लागि एक करोड ५० लाखका दरले सहयोग गरिएको शाक्यले जानकारी दिए ।

बुधबार सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले नगर अस्पताललाई कामपाले भेन्टिलेटर उपलब्ध गराएपछि आकस्मिक सेवाका लागि सहज भएको प्रतिक्रिया दिए । यसअघि कोरोना महामारीको समयमा पनि कामपाले काठमाडौँ उपत्यकाका विभिन्न १२ अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७