कलाकार किरण केसीको उपस्थितिमा ‘सरु संगीत घर’ ले मनायो बार्षिकोत्सव


६ चैत्र २०७८, आईतवार
saru

काठमाडौं । ‘लोकप्रिय सरु संगीत घर’ ले आफ्नो पहिलो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । लोकप्रिय सरु संगीत घरले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा साँगीतिक कार्यक्रमका साथ पुरस्कार बितरण गरेको छ ।

सरु संगीत घरले बरिष्ठ हाँस्य कलाकार किरण केसीको प्रमुख आतिथ्यमा पहिलो वार्षिकोत्सव तथा ‘परफमेन्स अफ स्टुडेन्ट आर्टिस्ट’ मा बिजयी हुने सरु संगीत घरका बिद्यार्थीलाई पुरस्कार बितरण गरेको छ । कार्यक्रममा राष्ट्र बैंकका निर्देशक डिल्ली पोखरेल, डिएसपी फडिन्द्र प्रसाइ तथा समाजसेवी श्याम थापाको उपस्थिति थियो ।

praman

महालक्ष्मी नगरपालिकाको सानागाँउमा आयोजित कार्यक्रममा परफमेन्स अफ स्टुडेन्ट आर्टिस्टमा प्रथम हुने आर्या खनाल, दितीय हुने अनुस्किता पोखरेल, तृतीय हुने शुभम निरौला तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रारुप प्रसाँइलाई बरिष्ठ हाँस्य कलाकार किरण केसीले नगद तथा प्रमाणपत्र बितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै सरु संगीत घरका निर्देशक तथा नेपाली संगीत जगतका अब्बल संगीतकार डेनी निरौलाले कोरोना महामारीमा भर्चुअल माध्यमबाट पनि यस बिद्यालयमा जोडिएर सरु संगीत घरलाई माया गर्ने संगीतका बिद्यार्थीलगायत सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा २० वटा गायन तथा नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७