सिटिजन्स बैंकको १५ औं वार्षिकोत्सवः कर्णाली प्रदेशका विद्यालय, वृद्धाश्रम तथा अस्पतालमा आर्थिक सहयोग


७ चैत्र २०७८, सोमबार
Press Release Photo K8yZOH2P8A

काठमाडौं, ७ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा कर्णाली प्रदेशका विभिन्न विद्यालय, वृद्धाश्रम केन्द्र तथा अस्पतालहरूमा आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । आउँदै गरेको बैशाख ७ गते बैंकले १५औँ वार्षिकोत्सव मनाउदै छ ।

यस अन्र्तगत बैंकले जाजरकोट जिल्लाको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, सिमिकोट जिल्लाको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय, डोल्पा जिल्लाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगु जिल्लाको माहाकाली मोडल हाई स्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिर प्रत्येकलाई ५० हजार रुपैयाँ सहयोग गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७