एमाले र जसपाबीच चुनावी तालमेलबारे छलफल


९ चैत्र २०७८, बुधबार
prithbi baburam TkRQ2LqhSV
मंगलबार आफ्नो निवास आएका पृथ्वीसुब्बा गुरुङसँग छलफल गर्दै भट्टराई दम्पती। तस्बिर : बाबुराम भट्टराईको फेसबुकबाट।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका लागि उपमहासचिव गुरुङ मंगलरबार पूर्व प्रधानमन्त्री भट्टराईकै निवासमा पुगेका हुन् । भेटवार्तामा भट्टराईका दम्पती नै थिए ।

छलफलमा डा. भट्टराईले आसन्न स्थानीय तहको निर्वाचनमा एमाले र आफ्नो पार्टीबीच तालमेल गर्न आग्रह गरेका थिए । पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन गरेकै भए पनि अब नयाँ ढंगले अगाडि बढ्न सकिने कुरा भट्टराईले गुरुङ समक्ष राखेका थिए । भट्टराईले भनेका थिए, ‘हामी (एमाले र जसपा) मिलेर जानुपर्छ ।’ यसमा एमाले उपमहासचिव गुरुङले पनि सकारात्मक जवाफ दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७