यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका ११ एजेण्डा


९ चैत्र २०७८, बुधबार
amale kendriya samiti baith1648016908

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक शुरु भएको छ । बबरमहलस्थित एक बैंक्वेटमा बुधबार शुरु भएको बैठक बिहीबार पनि चल्ने छ ।

एमाले केन्द्रीय कमिटी बैठकमा दुई दिनमा छलफलका लागि ११ विषय (एजेण्डा) कार्यसूचीमा राखिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैठकमा छलफल हुने जानकारी दिएका छन् । उनले यी केन्द्रीय कमिटी बैठकपछि पार्टी पूणर्तः स्थानीय तहको निर्वाचनमा लाग्ने बताएका छन् ।

बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै प्रदेश कमिटी अध्यक्षहरूले पनि पार्टीको अवस्थाबारे ब्रिफिङ गर्ने तय भएको छ ।
यस्ता छन् ११ एजेण्डा

रिपोर्टिङ
राजनीतिक प्रतिवेदन
विभागहरूको गठन
स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया
घोषणापत्र तयारी
पार्टीको वार्षिक क्यालेन्डरको तयारी
पार्टी स्थापना दिवस
निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
सचिवालयको बैठकका निणर्यहरुको अनुमोदन
लेखा तथा आर्थिक व्यवस्थापन विनियम
विविध

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७