नेपाल आउन लागेका सलमान खानले पर्यटनमन्त्रीसँग आलेलाई भने, ‘सगरमाथा चढ्छु’


९ चैत्र २०७८, बुधबार
salman

काठमाडौं । सांगीतिक कार्यक्रम लिएर नेपाल आउन लागेका बलउिड सुपरस्टार सलमान खानले सगरमाथा चढ्ने इच्छा व्यक्त गरेका छन् । बुधबार सोल्टी होटलमा भएको भर्चुअल मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले खानलाई सगरमाथा आरोहणका लागि निम्तो दिएका थिए ।

कोरोना महामारीका कारण धराशायी बनेको नेपालको पर्यटन प्रवर्द्धनका लागि खानलाई सगरमाथा आरोहरणका लागि निम्तो दिएका हुन् । ‘मन्त्री ज्यू निम्तोका लाग िधन्यवाद । अवश्य सगरमाथा चढ्छु, विस्तारै-विस्तारै भए पनि’, खानले मन्त्री आलेसँगको संवादमा भने ।

खान ओडिसी इन्टरटेन्टमेन्ट र हिटा समूहको निम्तोमा आगामी जेठ १४ गते नेपाल आउने कार्यक्रम छ । उनीसँग अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डज, कोरियोग्राफर प्रभु देवा, मुदस्सर खान, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावालगायतका कलाकार नेपाल आउँदैछन् ।

पर्यटनमन्त्री आलेले उनलाई हेलकिप्टरमार्फत सगरमाथामा घुमाउने र सगरमाथा आधार शिविरमा ब्रेकफास्टका लागि लैजाने प्रस्ताव गरेका थिए । जवाफमा खानले त्यहाँ जाने पक्का गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७