डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्य सम्मानित


१७ चैत्र २०७८, बिहीबार
sudip acharya sammanit ARhR9H8eIv

काठमाडौं,१७ चैत । डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्य सम्मानित भएका छन्।

रिपोटर्स क्लबको २४औं वार्षिकोत्सवको अवसरमा बिहीबार आचार्यलाई प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मान गरेका हुन्।

डिस होममार्फत नेपालको पे टीभी उद्योगमा पुर्याएको योगदानको कदर गर्दै उनलाई बिशेष सम्मान गरेको क्लबले जनाएको छ।

उनको सम्मान पत्रमा लेखिएको छ, ‘विश्व बजारमा प्रचलित लोकप्रिय टेलिभिजन प्रविधि ‘डाइरेक्ट टु होम’ मार्फत नेपाली जनताको मन जित्दै नेपालको पे टीभी उद्योगमा क्रियाशील सबैभन्दा सफल र ठूलो कम्पनी डिसहोम मिडिया नेटवर्कको कुशल नेतृत्व गरेबापत तपाईंलाई रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवका अवसरमा विशेष सम्मान गरिएको छ। तपाईंको उत्तरोत्तर प्रगतिको शुभकामना।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७