रसेलको आक्रमक अर्धशतकमा कोलकाताको दोस्रो जित


१९ चैत्र २०७८, शनिबार
ipl 3QdmOAyAgF

नयाँदिल्ली । आन्द्रे रसेलको आक्रामक अर्धशतकको सहयोगमा कोलकाता नाइड राइडर्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा कोलकाताले पन्जाब किङ्सलाई ६ विकेटले हराएको हो । मुम्बईमा पञ्जाबले दिएको १३८ रनको लक्ष्य पछ्याएको कोलकाताले १४ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १४१ रन बनायो । कोलकाताका लागि आन्द्रे रसेलले ७० रनको अर्धशतकीय पारी खेले । ३१ बल खेलेका उनले २ चौका र ८ छक्का प्रहार गरे ।

त्यस्तै कप्तान श्रेयस यैरले २६ रन बनाउँदा श्याम बिलिङ्सले २४ र अजिङ्गे रहाणेले १२ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा सम्पूणर् विकेट गुमाउँदै १३७ रन बनायो । पञ्जाबका लागि भानु्का राजपाकसले सर्वाधिक ३१ रनको योगदान गरे । त्यस्तै लिम लिभिन्टोनले १९ रन जोड्दा हप्रित बर १४ र शिखर धावनले १६ रनको योगदान गरे ।

कोलकाताका लागि उमेस यादवले ४ विकेट लिए । त्यस्तै टिम साउथीले दुई विकेट लिँदा शिभम माबी, सुनिल नारायण र आन्द्र रसेलले एक-एक विकेट लिए । जितसँगै कोलकाताले ३ खेलबाट ४ अंक जोडेको छ । पराजित पञ्जाबको २ खेलबाट २ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७