निर्वाचन बहिष्कार र विरोध गर्ने समूहमाथि निगरानी बढाउन गृहको निर्देशन


२१ चैत्र २०७८, सोमबार
griha home


काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनको वहिष्कार र विरोध गर्नेहरुमाथि निगरानी बढाउन सबै जिल्ला प्रशासन कार्यालय (सीडीयो) हरुलाई निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा गृह मन्त्रालयले निर्वाचनको बहिष्कार र निर्वाचन प्रक्रियामा अवरोध सृजना गर्ने व्यक्ति, समूह वा राजनीतिक दलहरुका गतिविधिमाथि निगरानी बढाउन जिल्ला प्रशासन कार्यालयलाई लिखित निर्देशन दिएको हो ।

गृहले निर्वाचनको विरोधी समूह पहिचान गरी सोही बमोजिम सुरक्षा रणनीति बनाउन समेत मुलुभरका सीडीयो कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले चैत्र दोस्रो साता स्थानीय तहको निर्वाचन सुरक्षाबारे लिखित निर्देशन दिएको स्रोतले बताएको छ। गृह मन्त्रालयले भयरहित तरिकाले निर्वाचन सम्पन्न हुने गरी सुरक्षाको वातावरण बनाउन तीवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादीले निर्वाचन वहिष्कार गर्ने घोषणा गरिसकेको छ । यसैगरी नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका केहि साना दल निर्वाचनबारे स्पष्ट छैन् । सरकारले आगागी बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७