एआइजी बढुवा विवाद ‘हेर्न नमिल्ने’ सूचीमा


२१ चैत्र २०७८, सोमबार
sarbochha 1

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निणर्यविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा सूचीमा परेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले उक्त विवाद हेर्न नमिल्ने थियो तर गोला प्रक्रियाबाट पेसी तोक्दा उनकै इजलासमा पर्‍यो । त्यसैले आज पनि सुनुवाइ हुन सकेन ।

एआइजी बढुवाविरुद्ध डिआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । मन्त्रिपरिषद् बैठकले डिआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७