बन्दीपुर गाउँपालिकाद्वारा भूमिहीनलाई निस्सा वितरण


२२ चैत्र २०७८, मंगलवार
lalpurja 1
सांकेतिक तस्विर

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण शुरु गरेको छ । वर्षौदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले सोमबारदेखि निस्सा वितरण शुरु गरेको हो ।

राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूणर्सिं थापाले जानकारी दिए । उनका अनुसार बन्दीपुर गाउँपालिका-१ बाट निस्सा वितरण थालिएको छ । उक्त वडाका ७४ जनालाई निस्सा वितरण गरिएको र सबै वडामा निस्सा वितरण गरिने अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाका अनुसार गाउँपालिकाका ६ वटै वडामा करिब ३२५ भूमिहीनलाई निस्सा वितरण गरिनेछ । ‘भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा वितरण गरेका हाैं, निस्सा दिएपछि अब लालपुर्जा पनि पाइन्छ भन्ने स्थानीयवासीलाई हौसला दिएका छौं’, उनले भने ।

गाउँपालिकाले आज वडा नं ४ र ५ मा निस्सा वितरण गर्दैछ । वडा नं ४ मा ७८ र ५ मा ८४ जनालाई निस्सा वितरण गरिने थापाले बताए । ‘निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्छ’, उनले भने । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७