एक अर्ब ५४ करोडमा निर्माण भएको चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा

प्रधानमन्त्री देउवाले गरे उद्घाटन


२२ चैत्र २०७८, मंगलवार
chobhar dry port bandargaha 2


काठमाडौं । काठमाडौंको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ । वीरगञ्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको तीन वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले आज (मंगलबार) बन्दरगाह सञ्चालनमा ल्याएका हुन् ।

277293928 1079042035977255 1426642628044641731 n1649151174

तेस्रो मुलुकबाट काठमाडौंका लागि मालवस्तु बोकेर आएका ती कन्टेनर वीरगञ्ज नाका हुँदै काठमाडौं आएका थिए । वीरगञ्ज भन्सारमा ‘डिजिटल लक’ गरेर आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौं आएका ती कन्टेनरसँगै अब स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो खुलेको छ ।

चोभार बन्दरगाह सीमावर्ती क्षेत्रभन्दा बाहिर भित्री शहरमा बनेको पहिलो बन्दरगाह हो । माल वस्तु आयात र निर्यातका लागि भन्सार, क्वरिन्टिन, सुरक्षासहितको सबै पूर्वाधार रहेको बन्दरगाहमा पाँच सय कन्टेनर र पाँच सय ट्रक अट्ने क्षमता छ ।

277704503 1168661073878645 1528787115570669213 n

बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्ने छन् भने स्वस्देशी वस्तु निर्यात पनि सोही बन्दरगाहबाट हुनेछ ।

काठमाडौं केन्द्रित व्यवसायीका लागि आयात निर्यातमा महत्वपूर्ण मानिएको चोभारको सुख्खा बन्दरगाह नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको हो । विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा बन्दरगाह निर्माण भएको हो ।

chobhar sukkha bandargaha

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७