गठबन्धन सरकार जनतालाई बोझ भयो : विष्णु पौडेल


२८ चैत्र २०७८, सोमबार
Bishnu Paudel


बझाङ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ भएको बताएका छन् । सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले परमादेशका आधारमा बनेको वर्तमान देउवा सरकार राष्ट्रियता र विकास विरोधी रहेको समेत आरोप लगाए ।

‘गठबन्धन सरकार नेपाल र नेपाली समाजका लागि बोझ र जिउँदो लाश भएको छ’, पौडेलले भने, ‘परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहन्छन् ।’

उनले आगामी निर्वाचनपछि नेकपा एमालेले बहुमतको सरकार बनाउने र विकासलाई निरन्तरता दिने दावी समेत गरे । उनले यस्ता गठबन्धन एमालेले धेरै पटक देखेको भन्दै एमालेको विजयलाई जस्तासुकै गठबन्धनले पनि रोक्न नसक्ने दावी समेत गरे । उनले कांग्रेस-माओवादीलाई ‘एक्लै चुनाव लड्ने हिम्मत छ ?’ भनेर प्रश्न समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७