गठबन्धन दलहरुले आफ्नो यथार्थ अवस्था लुकाए चुनावी तालमेलमा समस्या आउँछ : महत


२९ चैत्र २०७८, मंगलवार
Prakashsharan mahat
फाइल फोटो

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धमा आबद्ध दलहरूले स्थानीय तहमा आफ्नो यथार्थ अवस्था लुकाए चुनावी तालमेलमा समस्या आउने बताएका छन् ।

मंगलबार आयोजित पार्टीको पत्रकार सम्मेलनमा उनले अरू दलहरूलाई आफ्नो वास्तविक अवस्था प्रस्तुत गर्न अनुरोध गरे । उनले प्रतिनिधिसभाका सीमित सांसदहरू बाँडफाँड गरे जस्तो स्थानीय तहमा तालमेल गर्न सहज नभएको बताएका छन् ।

‘टिकट तय गर्न समय लागेको छ । गठबन्धनको टुंगो लगाउन सहज छैन । सांसदका लागि तालमेल गर्न सहज जस्तो छैन’, उनले भने, ‘हामीले सबै दलहरूलाई भनेका छौँ, बढाइचढाइ गरेर प्रस्तुत भए तालमेलमा समस्या हुन्छ । वास्तविकताको आधारमा गठबन्धन गरौं भनेका छौं ।’

उनले तालमेलको मापदण्डका बारेमा पार्टीको बुधबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुने बताए । ‘पाँच वर्षमा जनाधारमा तलमाथि भएको छ । अरू दल फुटेका छन् । कांग्रेसमा मात्र प्रवेश गर्ने जनलहर बढेको छ’, उनले भने, ‘मापदण्डबारेमा भोलि कार्यसम्पादनको समितिमा कुरा हुन्छ । बाहिर आएको हल्ला जस्तो अहिले केही भएको छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७