‘शत्रु गते’ को कमाई दुई दिनमै दुई करोड


११ चैत्र २०७४, आईतवार
maha

काठमाडौं, ११ चैत : तीन दिन अघिदेखि प्रदर्शनमा आएको चलत्रि ‘शत्रु गते’ को कमाई दुई दिनमै दुई करोड रहेको छ । शुक्रबार सिंगल थिएटरमा ५० प्रतिशत र मल्टिप्लेक्समा ७० प्रतिशत अकुपेन्सी रहेको यस सिनेमाको शनिबार भने शत प्रतिशत अकुपेन्सी रहेको जनाइएको छ । शनिबार मात्रै सिनेमाले एक करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।maha

चलचित्रले आक्रामक व्यापार गरिरहेको हल सञ्चालकहरुले बताएका छन् । शुक्रबार र शनिबारको कारोबार जोड्ने हो भने सिनेमाले दुई दिनमा २ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । शुक्रबार सिनेमाको कारोबार जम्मा ७५ लाख रुपैयाँ मात्रै रह्यो । शनिबार जस्तै आइतबार पनि सार्वजनिक बिदा परेका कारण सिनेमाको कारोबार राम्रो हुने देखिएको छ । बिहानी ‘शो’ मा ८० प्रतिशत अकुपेन्सी रहे पनि त्यसपछिका सबै ‘शो’हरु हाउसफुल छन् । यस हिसाबले सिनेमाले शनिबारको कारोबारलाई निरन्तरता दिनेमा निर्माण पक्ष ढुक्क छ ।

देशभरका १२६ हलमा प्रदर्शन भएको यो सिनेमाका ‘शो’हरु पनि थपिएको निर्देशक प्रदीप भट्टराईले बताए । ‘जात्रा’ पछि प्रदीपको निर्देशन रहेको यो दोस्रो सिनेमा हो । मह सञ्चारको ब्यानरमा निर्माण भएको यस सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरि पौडेल, बसुन्धरा भुषाल, रमेशरञ्जन झालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७