‘स्कोर ट्रेन्डस’ मा सन्नीलाई उछिन्ने अनुष्का को हुन् ?


११ चैत्र २०७४, आईतवार
Anuska sharma

काठमाडौं, ११ चैत : बलिउड अभिनेत्री अनुष्का शर्मा सामाजिक सञ्जालमा सबैभन्दा बढी समाचारमा छाइरहने प्रभावशाली स्टार भएको एक सर्वोक्षणले देखाएको छ ।Anuska sharmaसबै भाषामा सबै मिडियामा आउने खबरलाई आधार मानेर संसारको अग्रणी टेक्नोलोजी कम्पनी ‘स्कोर ट्रेन्डस’ ले सार्वजनिक गरेको रिपोर्टमा उनी अगाडि देखिएकी हुन् । अनुष्का ७१.९० अंकका साथ शीर्ष स्थानमा छन् । दोस्रोमा प्रियंका चोपडा ५०.३४, तेस्रोमा ४०.०९ अंकका साथ दीपिका पादुकोण र चौथोमा ३१.७८ अंकका साथ कंगना रनौत छन् ।

शीर्ष १० को सूचीमा सन्नी लियोनी, सोनम कपुर, श्रद्धा कपुर, विद्या बालन, तपसी पन्नु र माधुरी दीक्षित छन् । आँकडाको आधार फेसबुक, ट्वीटर, १४ भाषामा भएको प्रिन्ट प्रकाशन, सामाजिक सञ्जाल, ब्रोडकास्ट एवम् डिजिटल माध्यममा भाइरल भएका खबरहरूलाई लिइएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७