आईएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न


१५ बैशाख २०७९, बिहीबार
UME

काठमाडौं, १५ बैशाख। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबारका सञ्चालक समितिका अध्यक्ष डा।रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको होटल र्‍याडिसनमा साधारणसभा सम्पन्न भएको हो ।
सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरिएको छ भने नयाँ सञ्चालक समिति पनि गठन गरिएको छ ।

यस्तै कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गर्दै कम्पनी र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्नगाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७