करातेको १२ खेलाडी प्रारम्भिक छनोटमा


१६ बैशाख २०७९, शुक्रबार
karate player scaled

काठमाडौं, १६ बैशाख । चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदको लागि कराते खेलाडी छनोटको पहिलो दिन शुक्रबार विभिन्न ३ स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो । बाँकी ५ स्पर्धाका खेल छनोटको अन्तिम दिन शनिबार हुने छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपीएफका स्वनिम मानन्धर पहिलो, नेपाल आर्मीका प्रवीण मानन्धर दोश्रो तथा नेपाल प्रहरीका महशुस मोक्तान र बाग्मती प्रदेशका यानुज महर्जन तेश्रो भए । सो स्पर्धाको महिलामा प्रहरीकी निर्मला तामाङ पहिलो, प्रहरीकी चन्चला दनुवार दोश्रो तथा प्रहरीकी सरु कार्की र गण्डकी प्रदेशकी संगिता मगर तेश्रो भए ।

  • karate nepali player 3
  • karate nepali player 2
  • karate nepali player 1


नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको पुरुष ८४ केजीमुनि-८४ केजीमाथि प्रहरीका विप्लव श्रेष्ठ, बाग्मतीका आशिष थापा तथा प्रदेश १ का रोजन खड्का र आर्मीका विपिनराज सिंह जर्जी क्रमशः शीर्ष तीन स्थानमा रहे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७