सन्दिपलाई आइपीएलमा लिनुको यस्तो रहेछ कारण


१२ चैत्र २०७४, सोमबार
ipl

काठमाडौं, १२ चैत : दिल्लीमा अनुबन्ध भएसँगै सन्दिप नेपालबाट आईपीएल खेल्ने पहिलो खेलाडी बनेका छन् । आईपीएलको यो संस्करण अप्रिल ७ देखि मे २७ सम्म हुँदैछ । यो पटक दिल्लीसहित ८ टोलीले सहभागिता जनाएका छन् । सन्दिपको जर्सी सार्वजनिक गर्न दिल्लीका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुवा, सुनील भाल्सनसहितको टोली नेपाल आएको थियो ।ipl

सुनिल भाल्सनले भने, ‘दिल्लीले सन्दिपलाई अक्सन हुनुभन्दा पहिलेदेखि नै रोजेका थियौं । उसको क्षमता खेल्ने तरिका र उसको क्रियाकलाप तथा खेलप्रतिको लगनशीलताले हामीलाई पहिले नै प्रभाव पारिसकेको थियो त्यसैले सन्दिपलाई आइपिएलमा लिनु निकै खुशीको कुरा हो ।’ नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा १ नम्बरको जर्सी लगाउने भएका छन् । लेग स्पिनर सन्दिपले दिल्ली डेयरडेभिल्सबाट यो सिजनको आईपीएल क्रिकेट खेल्दैछन् ।

काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच सन्दिपले प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुद परिसदका सदस्यसचिव केशव कुमार बिष्ट, दिल्ली डेयरडेभिल्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुवा र भारतीय पूर्व क्रिकेटर सुनील भाल्सनले सन्दिपको जर्सी सार्वजनिक गरेका थिए । गत माघमा भएको अक्सनमा सन्दिपलाई दिल्लीले किनेको थियो । सन्दिपलाई दिल्लीले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा किनेको छ । पहिलो पटक नेपालका क्रिकेटर दिल्लीले किनेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७