उपप्रमुख उम्मेदवार ढकाल चढ्ने गाडीमा आगजनी


२४ बैशाख २०७९, शनिबार
aagjani2022 05 07 11 02 23

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका उपप्रमुख शान्ति ढकाल चढ्ने गाडीमा शुक्रबार राति अज्ञात समूहले आगो लगाई दिएका छन् । कांग्रेस-माओवादी गठबन्धनकी उम्मेदवार रहेकी ढकाल चढ्ने बा १४ च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका-६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटल अगाडि पार्किङ गरी राखेको गाडीमा आगो लगाएका हुन् । त्यस्तै, जुम्ला रोडस्थित सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२-००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी भएको छ । मिनि बस एमालेको चुनाव प्रसारप्रचारमा प्रयोग हुँदै आएको थियो ।

आगलागीबाट स्कर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी पदमबहादुर विष्टले बताए । शंकास्पद पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको एपी बिष्टले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७