पोखरामा आज सत्ता गठबन्धनको चुनावी सभा, भोलि एमालेको


२५ बैशाख २०७९, आईतवार
chunab bharatpur sabha 1 scaled

पोखरा । पाँच दलीय सत्ता गठबन्धनले आज (आइतबार) कास्कीको पोखरामा संयुक्त चुनावी सभा आयोजना गर्दैछ । सत्ता गठबन्धनले पोखराको अमरसिंह चौरमा बिहान ११ बजे चुनावी सभा गर्ने भएको हो ।

सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

पोखरा महानगरपालिकाको प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य र एमालेबाट कृष्ण थापा उम्मेदवार छन् । सत्ता गठबन्धन र एमालेले पोखरा महानगरपालिकाको निर्वाचनलाई प्रतिष्ठाको रुपमा लिएका छन् ।

पोखराको सभापछि आजै दाङको घोराहीमा हुने सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । आज सत्ता गठबन्धनको सभापछि भोलि एमालेले पोखरामा सभा गर्दैछ । सो सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७