काठमाडौंमा माओवादीका वडाध्यक्ष उम्मेदवार बनेका तीन जना एमाले प्रवेश


२६ बैशाख २०७९, सोमबार
akdsfmgm1652081926

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) का तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका तीन जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

केही दिनअघि माओवादी केन्द्रका तर्फबाट काठमाडौं-१३ र १५ को वडाध्यक्ष पदको उम्मेदवार बनेका व्यक्ति एमालेमा प्रवेश गरेका थिए । आज फेरि माओवादी केन्द्रबाटै काठमाडौं-२४ का वडाध्यक्षको उमेदवार बनेका राजेन्द्र श्रेष्ठ एमालेमा प्रवेश गरेका छन् ।

उनीसहित माओवादी परित्याग गरेका २४ जनालाई एमाले काठमाडौं जिल्ला सचिव राजेश शाक्यले टीका लगाएर पार्टीमा स्वागत गरे । पार्टी प्रवेशपछि श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह निर्वाचनमा आफ्नो सन्तानलाई जिताउने बाहेक अरू कार्यकर्ताको संरक्षणमा ध्यान नदिएको भन्दै असन्तुष्टि जनाए ।

यसअघि, माओवादी केन्द्रका तर्फबाट काठमाडौं-१३ को वडाध्यक्षको उमेदवार बनेका रामशरण डंगोल र काठमाडौं-१५ को वडाध्यक्षको उमेदवार बनेका रत्नकाजी महर्जन एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७