अरुणादेवी राई बनिन् माओवादी केन्द्रकी गाउँपालिका जित्ने पहिलो महिला


२ जेष्ठ २०७९, सोमबार
Aruna Devi Rai

खोटाङ, २ जेठ । खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई विजयी भएकी छिन । उनले एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गरेकी हुन । हालसम्म निर्वाचित जनप्रतिनिधिमा अरुणादेवी गाउँपालिका प्रमुख जित्ने महिलो महिला समेत हुन।

अरुणादेवीले २८८१ मत ल्याउँदा एमालेका राईले २५७५ मत ल्याए । यहाँ नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका थिए ।

उपाध्यक्षमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुर खड्का २८०५ ल्याएर निर्वाचित भएका छन । उनीसँग एमालेकी विमला राईं २४९५ मत ल्याएर पराजित भए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७