दोलखाको विगु गाउँपालिका प्रमुखमा माओवादी र उपप्रमुखमा एमाले निर्वाचित


७ जेष्ठ २०७९, शनिबार
DipakBohara Tulsipur RSS 04 matganana

दोलखा । दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपप्रमुखमा एमालेका देविका थामी निर्वाचित भएका हुन् । पालिका प्रमुखमा चार हजार १०० मत प्राप्त गरी ओली निर्वाचित भएका हुन् । प्रमुखमा एमालेका उम्मेदवार अच्छुतम केसीले तीन हजार ९७३ मत प्राप्त गरेका छन् ।

गठबन्धनको तर्फबाट गाउँपालिका उपप्रमुखका उम्मेदवार बनेका नेपाली कांग्रेसका आङनिमा शेर्पालाई पराजित गर्दै एमालेका थामी उपप्रखुममा निर्वाचित भएकी हुन् । थामीले चार हजार १३ मत प्राप्त गरेकी छन् छ भने प्रतिस्पर्धी शेर्पाले तीन हजार ८२६ मत प्राप्त गरेका छन् । आठ वडा रहेको विगु गाउँपालिकामा एमालेले तीन, माओवादी र कांग्रेसले दुई-दुई र एक वडामा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७