अष्ट्रेलिया निर्वाचन : प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय


८ जेष्ठ २०७९, आईतवार
124811503 gettyimages 1321416578 jAncw9u7cd

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको चुनावमा पराजय स्वीकार गरेका छन् । प्रारम्भिक रुझानले प्रधानमन्त्री मोरिसनको लिबरल-नेसनल गठबन्धनले चुनावमा हार्ने देखाइरहेका बेला प्रधानमन्त्रीले पराजय स्वीकार गरेको विवरणहरूमा जनाइएको छ ।

‘आज राति मैले विपक्षी नेता र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग कुरा गरेको छु । मैले उहाँलाई चुनावी जितको लागि बधाई दिएको छु’, मोरिसनले भने । ‘अस्ट्रेलियालीहरूले ठूलो समर्थन र उनीहरूको शक्ति, लचिलोपन र चरित्र देखाएका छन् । म यसका लागि उनीहरूलाई धन्यवाद दिन्छु’, मोरिसनले भने, ‘सरकारको रूपमा हामीले राष्ट्रको सुरक्षामा लगानी गरेका छौं ।’

गठबन्धनको नेतृत्व गरिरहेका लेबर नेता नेता एन्थोनी अल्बानीजले नयाँ अर्को सरकार बनाउने तयारी गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७