भरतपुरको उपमेयरमा चित्रसेन विजयी, मेयरको जित नजिकै रेनु


९ जेष्ठ २०७९, सोमबार
renu

चितवन । गत बैसाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो । हालसम्म २५ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने, २५ र २६ वडाको मतगणना भइरहेको छ ।

एक लाख १५ हजार ९ सय ११ मतगणना हुँदासम्म गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेद्वार रेनु दाहालले ११ हजार ३७२ मतान्तर बनाएकी छिन् । उनलाई ३५ हजार ५२७ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार २१५ मत ल्याएका छन् । अब ११ हजार ९ सय २८ मत गन्न बाँकी छ ।

उपमेयरमा अधिकारी विजयी
भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजयी हुन पर्याप्त मत ल्याएका हुन् । गठबन्धनका उम्मेदवार अधिकारीले ४७ हजार ८०४ मत ल्याएका छन् । अधिकारीले प्रतिद्वन्द्वी राप्रपा गठबन्धनकी उम्मेदवार हिमला गुरुङलाई १९ हजार ९१८ ले पछाडि पारेका छन् । अब भरतपुरमा गन्न बाँकी मतभन्दा अधिकारीको मतान्तर बढी भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७