एफसी एसियन कपबाट नेपाल बाहिरियो


१४ चैत्र २०७४, बुधबार
nepali team

काठमाडौै, चैत्र १३ । एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ ।
कतारको दोहा स्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भयो । जितसँगै यमनले अर्को बर्ष युएईमा हुने एएफसी एसियन कपमा स्थान सुरक्षित गरेको छ ।nepali team

समूह एफबाट फिलिपिन्स समुहको विजेता र यमन उपविजेता बन्दै एसियन कपमा छनोट हुँदा नेपाल र ताजिकिस्तान भने बाहिरिए । यमनले लिएको सुरुवाती अग्रतामा नवयुग श्रेष्ठले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । २४ औं मिनेटमा अब्दुलेवासिया अल मातारीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इज्युरी समयमा नवयुग श्रेष्ठले गोल गर्दै खेल बराबरीमा पु¥याए ।  खेलको ८३औँ मिनेटसम्म रोकेको नेपालले अन्ततः खेलको ८४औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल खान पुग्यो । नेपाली टोलीका कप्तान विराज महर्जनले यमनका खेलाडीलाई डी बक्स एरियामा फल गरेपछि यमनले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित ग¥यो ।

एसियन कप छनोट चरणमा नेपालको प्रदर्शन
१.फिलिपिन्सविरुद्ध नेपाल (अवे) २८ मार्च २०१७, ४–१ (विशाल राई)
२. नेपालविरुद्ध यमन (होम), १३ जुन २०१७, ०–०
३. नेपालविरुद्ध ताजिकिस्तान (होम), ५ सेप्टेम्बर २०१७,१–२ (विमल घर्ती मगर)
४.ताजिकिस्तानविरुद्ध नेपाल (अवे), १० अक्टोवर २०१७,३–०
५.नेपालविरुद्ध फिलिपिन्स (होम), १४ नोभेम्वर २०१७,०–०
६.यमनविरुद्ध नेपाल (अवे), २७ मार्च २०१८,२–१ (नवयुग श्रेष्ठ)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७