काठमाडौं महानगर : अझै ३० हजार मत गन्न बाँकी, बालेनको अग्रता कायमै


११ जेष्ठ २०७९, बुधबार
Balen Shah keshav esthapit and srijana singh

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार काठमाडौंमा ३० हजार २३ मत गन्न बाँकी रहँदा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले ५२ हजार ५७४ मत पाएका छन् ।

साहलाई पछ्याइरहेकी गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३ हजार ६९ मत ल्याएकी छिन् । एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा छन् । पछिल्लो मतपरिणाम अनुसार स्थापितले ३२ हजार ६१२ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा एमाले उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८०९ मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याएका गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७ हजार ८८४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा राप्रपाका उम्मेदवार बिनिता मगैया ९,१६१ मत प्राप्त गरेकी छिन् । काठमाडौंमा कुल ३ लाख २४२ मतदातामध्ये १ लाख ९० हजार १७० ले मतदान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७