गरुडाको मेयरमा ३८ मतान्तरले एमाले विजयी


१२ जेष्ठ २०७९, बिहीबार
garuda

रौतहट । रौतहटको गरुडा नगरपालिकाको मेयरमा एमालेमा कन्थमनिप्रसाद कलवार निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका बृजकिशोर प्रसाद यादवलाई ३८ मतान्तरले हराउँदै कलवार मेयरमा निर्वाचित भएका हुन् ।

कलवारले ४,५६४ मत पाएका छन् भने यादवले ४,५२६ मत पाएका छन् । त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेकी पुनम चौधरी ६,५०३ ल्याएर निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी जसपाकी बिन्दुकुमारी देवीले ४,४७७ प्राप्त गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७