शुक्र बहादुर राईलाई सुर्य नेपाल प्रिमियर गल्फको उपाधि, बने नेपालकाे नम्बर एक गल्फर


१२ जेष्ठ २०७९, बिहीबार
Sukra bahadur rai scaled

काठमाडौं, १२ जेठ । धरानका प्रोफेसनल गल्फर शुक्र बहादुर राई सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगितामा सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन बन्न सफल भएका छन्।

३–अन्डर ६९ को स्कोर सहित समग्रमा १९–अन्डर २ सय ६९ को करियरकै उत्कृष्ट स्कोर निकालेका शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको सातौ उपाधि हात पारेको हो।

उपाधिसँगै जितेको नगद दुई लाख पचास हजारले शुक्र पहिलो पटक नेपाल नम्बर एक गल्फर बनेका छन्। उनले यो सिजनको कुल आठ मध्ये पाँच प्रतियोगिता मात्र खेलेपनि सर्वाधिक ६ लाख ६३ हजार ५०० नगद पुरस्कार सहित नम्बर एक बनेका हुन्।

गोकर्ण गल्फ क्लबमा बिहीबार भएको अन्तिम दिन शुक्रले ३–अन्डर ६९ को स्कोरसहित समग्रमा १९–अन्डर २ सय ६९ को सानदार नतिजामा च्याम्पियन बन्न सफल भएका हुन् । करियरकै उत्कृष्ट स्कोर निकालेका शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको सातौ उपाधि हात पारे । च्याम्पियन बनेसँगै शुक्र पहिलोपटक नेपाल नम्बर एक गल्फर बनेका छन् । उनले यो सिजनको कुल आठ मध्ये पाँच प्रतियोगिता मात्रै खेलेपनि सर्वाधिक ६ लाख ६३ हजार ५०० नगद पुरस्कारसहित नम्बर एक बनेका हुन् ।

२–ओभर ७४ सहित समग्रमा १३–अन्डर २ सय ७५ सहित निरज दोस्रो भए । समग्रमा १२–अन्डर २ सय ७६ सहित तेस्रो भएका भुवनले नम्बर एक गल्फरको स्थान गुमाए । उनले अन्तिम दिन २–अन्डर ७० स्कोर जोडे। यो सिजन कुल ५ लाख ८० हजार ५ सय नगद पुरस्कारसहित भुवन दोस्रो वरीयतामा झरे ।

एमेच्योर वाङ्गचेन ढोन्डुपले १–ओभर ७३ सहित समग्रमा ११–अन्डर २ सय ७७ सहित एमेच्योरतर्फ उपाधि जिते । समग्रमा भने उनी चौथो भए । अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १०–अन्डर २ सय ७८ सहित एमेच्योरतर्फ दोस्रो भए । उनले अन्तिम दिन ३–अन्डर ६९ को स्कोर गरे । समग्रमा भने उनी पाँचौ भए ।

एमेच्योरतर्फ एकक्षत्र राज गरिरहेको सुबास तामाङले समग्रमा ७–अन्डर २ सय ८१ सहित पुर्ण बहादुर शर्मासँग संयुक्तरुपमा छैटौं स्थानमा रहे । सुवासले ५–अन्डर ६७ र पुर्णले इभन–पार ७२ मा खेल सकाए । समग्र उपाधिका दाबेदार मानिएका उनको प्रदर्शन बिर्स्नालायक रहयो ।

इभन–पार ७२ सहितसमग्रमा ५–अन्डर २ सय ८३ सहित एमेच्योर आरव डी शाहले आठौं स्थानमा प्रतियोगिता सकाए । भुवन कुमार रोक्का र रबि खड्काले समग्रमा ३–अन्डर २ सय ८५ सहित संयुक्तरुपमा नवौ स्थान बाँडे । अन्तिम दिन भुवनले २ ओभर ७४ र रबिले १–ओभर ७३ मा खेल सकाए । एमेच्योर सद्भाव आचार्य समग्रमा २–अन्डर २ सय ८६ सहित एघारौं र समग्रमा इभन–पार २ सय ८८ सहित सुर्य प्रसाद शर्मा १२औं स्थानमा रहे । पाँच ओभर २ सय ९३ सहित व्यवसायिकतर्फ १५औं भएका जयराम श्रेष्ठले ४ लाख ७५ हजार ५ सयसहित आगामी सिजनको सुरुवात तेस्रो वरीयतामा रहेर गर्नेछन् ।

च्याम्पियन शुक्रले पहिलो होलमा बोगी खेपे पनि तेस्रो र सातौ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए । यसपछि ११औं, १२औं र १८औं होलमा एक-एक सट बचाउँदा १४औं होलमा बोगी प्रहार गर्दा ब्याक नाइन २–अन्डर ३४ मा पुरा गरे । दोस्रो भएका निरजले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौ होलमा बर्डी प्रहार गरे भने चौथो र पाँचौ होलमा एक–एक सट खेर फाले । यसपछि १४औं र १५औं होलको बोगीले ब्याक नाइन २–ओभर ३८ मा सकाए ।

सुर्य नेपाल टुरमा लामो समय सहयोग गर्ने रामजी राजवाहक, रमेश नगरकोटी र समिर तामाङलाई कदर पत्र सहित सम्मान गरियो । चार दिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ खेलाडीको सहभागिता रहेको थियो ।

सुर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ६१ हजार रहेको थियो । विजेताले दुई लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ५५ हजार र १ लाख १० हजार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रबिन्द्र मान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कृत गरे । शीर्ष २१ स्थानमा रहेका अन्यले नगद पुरस्कार हात पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७