‘खुल्ला ठाउँमा ध्रुम्रपान गर्नु कलकारखानाबाट निस्कने धुँवा भन्दा घातक’


१७ जेष्ठ २०७९, मंगलवार
buddibikash mandal

नारायण लिंङखा देवान
ललितपुर, १७ जेठ । वातावरण विज्ञ डा. प्रकाश न्योपानेले खुल्ला ठाउँमा ध्रुम्रपान गर्नु कल कारखानाबाट निस्कने धुँवा भन्दा घातक रहेको बताएका छन् । विश्व घुम्रपान रहित दिवसको अवसरमा ललितपुर महानगर पालिका वडा न. ५ स्थित बुद्धिविकास मण्डलमा नेपाल अर्बुद रोग निवारण संस्था ललितपुरको आयोजनामा गरेको कार्यक्रममा उनले यस्तो बताएको हो ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरुसँग अन्तक्रिया गर्दे डा न्यौपानेले भने,‘खुल्ला ठाउँमा ध्रुमपान गर्नु स्वास्थ्यका लागि घातक हुन्छ । यो कलकारखानाबाट निस्कने धुँवाले भन्दा बढी असर गर्छ ।’

शाखाका सभापति शैलेन्द्र लाल प्रधानको अध्यक्षतामा भएको सो कार्यक्रममा सो कार्यकममा विज्ञहरु जयबहादुर गुरुङ, डा.प्रकाश न्योपाने, केन्द्रीय महासचिव विनोद कुमार होडा, नमुना मछिन्द्र विद्यालयका शिक्षक शिक्षिका, छात्रछात्राहरु, बुद्धिविकास मण्डलका प्रतिनिधिहरु,ललितपुर वडा नं. ५ का महिला सदस्य शोभा देवि प्रधान, सदस्य पुनम निरौला, अन्यबुद्धिजिवी,सर्वसाधारणको उल्लेखनिय उपस्थिति रहेको थियो। भने कार्यक्रमका संचालक नेपाल अर्बुद रोग निवारण संस्था ललितपुरका सचिव,समाजसेवी केदार कार्कीले गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७