काठमाडौंमा अब चार आनाभन्दा कम जग्गाको कित्ताकाट गर्न नपाइने


२४ जेष्ठ २०७९, मंगलवार
jagga

काठमाडौं । काठमाडौं उपत्यकामा आवासीय प्रयोजन अर्थात घर बनाउनका लागि अब चार आना (१३० वर्गमिटर) भन्दा कम जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भू उपयोग नियमावली २०७९ मा सो व्यवस्था गरिएको हो । यो राजपत्रमा प्रकाशन गरी लागू गरिएको छ ।

तर आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँग मिलान गर्न उपयुक्त देखिएमा भने कित्ताकाट हुन सक्ने व्यवस्था गरिएको छ । यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने जनाइएको छ । त्यस्तै ५०० वर्गमिटर भन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुने गरी कित्ताकाट गर्न पाइने छैन ।

कृषि क्षेत्रको रुपमा तोकिएको जग्गालाई काठमाडौं उपत्यकामा १५.७३ आना अर्थात ५०० वर्गमिटर भन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने भएको छ । तराई र भित्री मधेशको हकमा भने ६७५ वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न पाइनेछैन । काठमाडौं, तराई र मधेशबाहेक पहाडी तथा हिमाली भेगमा भने १ हजार वर्गमिटर भन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने सो नियमावलीमा उल्लेख छ ।

kitta

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७