आर्थिक संकटपछि श्रीलङ्कामा अघिल्लो वर्षभन्दा बढी धान रोपाइँ


३१ जेष्ठ २०७९, मंगलवार
slider 08
फाइल फोटो

काठमाडौं । श्रीलङ्काका किसानले रोपाइँको समयमा खेती गरिने औसत भूमिभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ गरेको एक मन्त्रीले सोमबार बताएका छन् ।

सरकारले आर्थिक सङ्कट बढिरहेका समय खाद्यान्न सङ्कटलाई न्यून बनाउन किसानलाई बढीभन्दा बढी खेती गर्न आग्रह गरेको कृषि मन्त्री महिन्दा अमरावीराले बताए । खाद्यान्नको अभावसँगै भएको मूल्य वृद्धिपछि किसानहरूले सकेसम्म बढी खेती गरिरहेको पाइएको बताए ।

‘श्रीलङ्कामा ‘याला’ अर्थात् यो मौसममा किसानले औसतमा चार लाख हेक्टर क्षेत्रफलमा रोपाइँ गर्थे भने अहिले करिब पाँच लाख हेक्टर जमिनमा रोपाइँ भएको अनुमान छ । यसले गर्दा मौसमले साथ दिएमा श्रीलङ्काले करिब दुई महिनाका लागि मात्र चामल आयात गर्नुपर्ने हुन सक्छ’, उनले भने ।

श्रीलङ्काले २०२१ अप्रिलमा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको र यसले गत वर्षको कृषि उत्पादन ह्वात्तै घटेको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७