गुन्डानाइके समीरमान भेट्न जेल गएका डिएसपी केसीलाई कारबाही सिफारिस


६ असार २०७९, सोमबार
DSP Milan KC

काठमाडौं : प्रहरी वृत्त, स्वयम्भुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मिलन केसीमाथि विभागीय कारबाहीको सिफारिस भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले कारबाही सिफारिस गरेको हो ।

निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा पुर्पक्षका लागि जेल चलान भएका बस्नेतलाई भेट्न गएपछि डीएसपी केसीलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा तानेर छानविन थालिएको थियो ।

छानबिन समितिले डिएसपी केसीलाई प्रहरी नियमावली अनुसार कारबाही गर्न सिफारिस गरेको परिसर प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार डीएसपी केसी अर्का गुण्डा नाइके अमृत केसीलाई लिएर कारागार पुगेका थिए । प्रहरीको कुनै पनि माथिल्लो निकायलाई रिपोर्टिङ नै नगरी कारागार पुगेको खुलेपछि डीएसपी केसीमाथि छानविन गरिएको थियो ।

२३ असोज २०७४ मा आफूले मागेको साढे २ करोड रुपैयाँ रकम नदिएको भन्दै समीरको निर्देशनमा गौचनको हत्या भएको थियो । समीर १७ मंसिर २०७४ मा पक्राउ परेका हुन् । यसअघि समीरलाई नख्खु कारागारबाट मुस्ताङ कारागार पठाउन लागिएको थियो । तर, उनकी श्रीमती माया शेरचनले प्रहरीले इन्काउटर गर्न मुस्ताङ सरुवा गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएपछि उनलाई फेरि सुन्धारा कारागारमा ल्याएर राखिएको थियो । पछिल्लो समय काठमाडौं प्रहरीका विभिन्न वृत्तमा रहेका प्रमुखमाथि आपराधिक गतिविधिमा संलग्न गुण्डा नाइकेसँगको उठबस बाक्लिएको आरोप लाग्न थालेको छ । उनी सोही हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। डिएसपी केसी जेठ २९ गते आइतबार सुन्धारास्थित कारागार पुगेका थिए।

गौचन हत्याका मुख्य योजनाकार बस्नेतले कारागारभित्रैबाट पछिल्लो समय विभिन्न आपराधिक गतिविधि सञ्चालन गर्दै आएका छन् । एक वर्षअघि बस्नेत समूहको नाम लिएर प्राइभेट नम्बरबाट फोन गरेर धम्क्याउँदै निर्माण व्यवसायीहरूसँग मोटो रकम माग्ने गरेको खुलेको थियो । सो प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान नै गर्नुपरेको थियो । 

निर्माण व्यवसायीलाई धम्क्याउँदै फिरौती रकम उठाउने गतिविधिमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापासहितको भूमिका शंकास्पद देखिएको थियो र थापासिहत ८ जनालाई प्रहरीले पुर्पक्षका लागि जेल चलानसमेत गरेको थियो । तीमध्ये थापा भने जेलमुक्त भइसकेका छन् । उनीहरू कारागारभित्र कार्यरत प्रहरी जवानको मिलोमतोमा बस्नेतलाई भेट्न पटक-पटक कारागार पुगेको खुलेको थियो । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७