एन्फा महासचिवमा किरण राई र कोषाध्यक्षमा रविन्द्र जोशी मनोनित


८ असार २०७९, बुधबार
anfa
फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् । आज (बुधबार) बसेको नव निर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले राईलाई महासचिव मनोनित गरेको हो ।

राई अघिल्लो कार्यसमितिमा प्रवक्ता थिए । तर, मुख्य प्रशिक्षक अल्मुताइरी र तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवादका कारण राईले राजीनामा दिएका थिए । यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ । जोशी अघिल्लो कार्यसमितिमा पनि कोषाध्यक्ष नै थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७