छिरिङ शेर्पा र सरोज प्रजाको जोडीलाई ‘डान्सिङ स्टार्स नेपाल’ को उपाधि, १५ लाख पुरस्कार


११ असार २०७९, शनिबार
Dancing Stars Nepal Chhiring and Saroj 1

काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’ को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले हात पारेको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उपाधि जित्दै यो जोडीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

यस्तै प्रीति आले मगर र शेखर घर्ती मगरको जोडी फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेण्ड रनरअप बनेको छ । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललले पुरस्कार र ट्रफी प्रदान गरे । एपमार्फत शोमा सहभागीमध्ये सरस्वती धिमाल उत्कृष्ट भइन् । उनले शोको आगामी सिजनमा स्टारको रुपमा प्रतिस्पर्धा गर्ने मौका पाएकी छन् ।

गत जेठदेखि शुरु प्रतिस्पर्धामा १२ सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए । गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहेको शोको फिनालेमा गायिका प्रविशा अधिकारीले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७