बाँकेमा चट्याङ लागेर ६ बर्षीय बालकको मृत्यु


१५ असार २०७९, बुधबार
chatyang

बाँके । बाँकेमा चट्याङ लागेर एक ६ बर्षीय बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका-३ नारायणपुरका नरेश थारुका ६ वर्षीय छोरा अभिषेक थारुको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

मंगलबार नजिकैको जंगलमा बाख्रा चराउन गएका अभिषेक बेलुका ६ बजेतिर चट्याङ लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यस्तै, अभिषेकसँगै रहेका सोही ठाउँका २२ बर्षीय युवक ईश्वरी ओली पनि चट्याङ लागेर घाइते भएका छन् । प्रहरीका अनुसार ओलीको राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७