एमालेले खटायो सातै प्रदेशमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष, केन्द्रीय विभागमा सचिवहरू मनोनयन


१९ असार २०७९, आईतवार
amale 1

काठमाडौँ । नेकपा एमालेले गठबन्धन सरकारको जनविरोधी कामविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । एमाले केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव पृथ्बीसुब्बा गुरुङले गठबन्धन सरकारको जनविरोधी कामको विरोध गर्ने निणर्य भएको जानकारी दिए ।

त्यसैगरी आजको बैठकले पार्टी नेता कार्यकर्तालाई सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निणर्य गरेको जनाइएको छ । बैठकले प्रशिक्षणका लागि कमाण्डर समेत तोकेको हो ।

गुरुङले प्रदेश-१ का लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशका लागि विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवास चन्द्र नेम्वाङ, कणर्ालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकेको बताए ।
एमाले केन्द्रीय विभागमा सचिवहरू मनोनयन
नेकपा एमालेले विभिन्न केन्द्रीय विभागमा सचिवहरू मनोनयन गरेको छ । केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले १३ वटा विभागका सचिव मनोनयन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

कुन विभागमा को ?

वित्त तथा आर्थिक विभाग- डा. भीष्म अधिकारी

संगठन विभाग- सम्झना देवकोटा

उपभोक्ता हित संरक्षण विभाग- मोहिनी खनाल

श्रम तथा रोजगार विभाग- जनक चौधरी

संसदीय विभाग- डा.सूर्य पाठक

सामाजिक सेवा विभाग- नेत्र तिम्सिना

संस्कृति विभाग- राजेश थापा

स्थानीय तह विभाग- हर्क राई

प्रचार तथा प्रकाश विभाग- गगन विष्ट

परराष्ट्र विभाग- डा. अन्जान शाक्य

संघीय मामिला विभाग- शिव गुरुङ

ऊर्जा तथा जलस्रोत विभाग- पुष्प ज्योति ढुंगाना

कानून विभाग- डिल्लीराम मैनाली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७