एमाले नेताहरु दुर्घटनामा घाइते, हेलीकोप्टरमा काठमाडौं पठाउने तयारी


२४ असार २०७९, शुक्रबार
UML accidnet

काठमाडौं : नेकपा (एमाले)का नेताहरु सवार निजी कार दुर्घटनामा परेको छ । नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको बिस्तारित बैठकमा जाने क्रममा उनीहरु सिन्धुलीको भिमानमा दुर्घटनामा परेका हुन् ।

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा, पेम्बा गुरुङ, देवराज राई लगायत सवार कार दुर्घटनामा परेको हो ।

शुक्रबार जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उनी सवार कार अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।

चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको थप उपचार ट्रमा सेन्टरमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७