यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)


३१ असार २०७९, शुक्रबार
deuwa cabinet

काठमाडौँ । मन्त्रिपरिषद्को आज (शुक्रबार) को बैठकले विभिन्न ११ निणर्य गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट ती निर्णयहरू गरिएको हो ।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि बसेको उक्त बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिना थप गर्नेलगायत विभिन्न निणर्यहरू गरेको एक मन्त्रीले जानकारी दिए ।

आजको मन्त्रिपरिषद् बैठकका ११ निर्णय-
१. सुशासन विधेयक पारित गर्ने, सुशासन आयोग गठन गर्ने ।
२. पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने ।
३. विश्वव्यापी व्यापारका लागि सहायता पुनरवलोकन कार्यक्रममा नेपाल सहभागी हुने ।
४. नेपाल-तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा नेपाल सहभागी हुने ।
५. पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने ।
६. नेपाली इँटा व्यवसायीको दुईपक्षीय परामर्श संयन्त्र स्थापित गर्ने ।
७. नेपाल-चीन सीमा मामिला परामर्श बैठक सञ्चालन गर्ने ।
८. नेपाल र मोरक्कोको दुईपक्षीय सम्बन्धका विषयमा परामर्श गर्ने ।
९. राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ स्वीकृत गर्ने ।
१०. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बाधा, अड्चन फुकाउने ।
११. सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद तीन महिनाका लागि थप्ने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७