हतियार बोकेर बंगलादेश उडेको विमान दुर्घटना, सवार सबैको मृत्यु


१ श्रावण २०७९, आईतवार
planecrashgreece 20220717175822
तस्वीर : रोयटर्स

पलाइचोरी । उत्तरी ग्रीसमा शनिबार राति मालबाहक एउटा विमान दुर्घटना हुँदा त्यसमा रहेका चालक दलका सबै आठ जना सदस्यको मृत्यु भएको छ ।

सर्बियामा निर्मित ११ टनभन्दा बढी मोर्टार गोलाबारूद बोकेर जोर्डन हुँदै बङ्गलादेशका लागि उक्त विमान उडेको थियो । गाउँको खेतमा खसेको उक्त विमानका भग्नावशेषमा आइतबार बिहानसम्म विष्फोटनका आवाज सुनिएका स्थानीयले बताएका छन् । विमानको अगाडिको भागबाट सेतो धुँवाको मुस्लो पनि उठेको उनीहरूले बताएका छन् ।

दुर्घटनाग्रस्त विमानका चालक दलका सदस्य सबै युक्रेनी नागरिक रहेका र विमान पनि युक्रेनी कम्पनी मेरिडिनले सञ्चालन गरेको सर्वियाका रक्षामन्त्री नेबोजसा स्टेफानोभिकले पत्रकारहरूलाई बताएका छन् ।

विमानमा घातक रासायनिक पदार्थ वा विष्फोटक सामग्री अझै बाँकी भए/नभएको यकिन गर्न विज्ञहरू दुर्घटनास्थल पुग्ने तयारीमा रहेका ग्रीसका सरकारी अधिकारीहरूले जनाएका छन् । एपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७