अनौठा सात ‘सेक्स’ प्रथा, जसले बनाउँछ तपाईलाई अचम्मित


१८ चैत्र २०७४, आईतवार

काठमाडौं, १८ चैत : हामीमध्ये धेरैजसो वर्तमान समयको ‘सेक्स ट्रेन्ड्स’ अर्थात् यौन प्रथाबारे जानकार छौं होला । तर धेरैलाई थाहा नहोला, सेक्सको अनौठो प्रथा शताब्दीऔं पहिलेदेखि थियो । जान्नुहोस्, ती ७ अनौठो प्रथाबारे ।

१) लिपिस्टक र ओरल सेक्स (मुख मैथुन) : प्राचीन इजिप्टमा लिपिस्टिक लगाउनुको अर्थ तपाई ओरल सेक्सका लागि तयार हुनुहुन्छ भन्ने लाग्थ्यो । बिशेषगरी, इजिप्टका दरबारी यौनकर्मी आफ्नो ओरल सेक्सपटाइज देखाउनका लागि लिपिस्टिक लगाउने गर्थे । यहीबाट लिपिस्टिक र ओरल सेक्सको सम्बन्ध बाहिर आएको थियो ।

२) तिखा जुत्ता : १५ औं शताब्दीमा तिखो र लामो औला भएको जुत्ताको प्रथा थियो, जसलाई ‘पुलिनंस’ को नामबाट चिनिन्थ्यो । जति तिखो जुत्ता लगायो, त्यति नै ठूलो यौनाङ्ग हुने बुझिन्थ्यो ।

३) धार्मिक संस्कारको रुपमा ‘सेक्स’ : गर्मी मौसममा हैटीमा स्थानीयवासी एक झरनामा जान्थे र नग्न भएर नुहाउँथे । प्रेमकी देवीको पुजा गर्न उनीहरुले यस्तो गर्थे । केही बढी धार्मिक व्यक्ति बलि दिएको जनावरको रगतमा सेक्स गर्न राम्रो मान्थे ।

४) स्वस्थ्यका लागि खराब सेक्स : आयरल्याण्डको ‘आइनिस बीग’ द्धीपमा स्थानीयवासी सेक्स स्वास्थ्यका लागि राम्रो नहुने मान्थे । यदि उनीहरुले सेक्स गर्ने निर्णय गरे पनि भित्री वस्त्र लगाइरहेका हुन्थे ।

५) इरेक्टाइल डाईफंसन : अहिलेको समयमा ‘इरेक्टाइल डाईफंसन’ अर्थात् लिङ्ग उत्तेजित नहुने समस्याको धेरै उपाय र समाधान छ । तर, १७ औं शताब्दीमा यस समस्याबाट छुटकारा पाउनका लागि ‘ओटोइराटिक असफिकसिएशन’ गर्ने, जसमा श्वासलाई केही समयका लागि रोक्नु पर्दथ्यो ।

६) पैतालामा काउकुती लगाउने : रुसको जार शासनमा महारानी जारिनालाई खुशी पार्न यस्ता व्यक्ति हुने गर्थे, जो उनको सन्तुष्टिका लागि ‘फूट लिकलर्स’ अर्थात् खुट्टामा काउकुती लगाउने काम गर्थे । जारिनालाई खुशी पार्न यस्ता व्यक्तिले अस्लिल गीत पनि गाउने गर्थे ।

७) ट्याटिकल पोर्नोग्राफी : पोर्नोग्राफीको शुरुवात १८औं शताब्दीमै जापानमा भएको थियो । जसमा सबैभन्दा पहिलो जापानी कलाकार होकुसाईले आफ्नो रचनामा अक्टोपस र मान्छेबीचको यौन सम्बन्ध देखाएका थिए । उनले सन् १८१४ मा ‘द ड्रिम अफ द फिसरम्यान्स वाइफ’ नामबाट पेन्टिङ बनाएका थिए, जसमा एक महिला अक्टोपससँग सम्भोग गरिरहेको देखिन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७